शिक्षामन्त्रीबाट राजीनामा दिएका पुनले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

Yangle News
Yangle News
२०८२ माघ ६ गते
शिक्षामन्त्रीबाट राजीनामा दिएका पुनले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको बुझिएको छ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् । पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने बताइएको छ ।