पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ ।
राति देशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।