त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक

Yangle News
Yangle News
२०८२ अशोज २६ गते
त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले समितिले सरकारलाई पेस गरेको प्रतिवेदन आज सार्वजनिक गरेको हो ।

२०८१ जेठमा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति गठन गरेको थियो । समितिले २०८१ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । तर, सार्वजनिक भएको थिएन ।

यही असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको जिम्मेवारी दिइएपछि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको हो । समितिले त्रिविको झन्डै एक हजार रोपनी जग्गा हिनामिना भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदन :