प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको जानकारी गराएको छ । जेनजीले गरेको आन्दोलनपछि नेपालको संविधानबमोजिम अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
यसैबीच फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तय भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तमा जनाइएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ ।’
राष्ट्रपति कार्यालयको विज्ञप्ति :