नेपाल क्रिकेट संघ (क्यान) ले जारी टी-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ नभएको स्पष्ट पारेको छ ।
क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन अनुरोध गरेको छ ।
त्यस्तै क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ ।
क्यानले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘म्याच फिक्सिङको जानकारी भए प्रमाणसहित क्यानमा वा जारी लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ ।’
क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरि फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न नेपाल क्रिकेट संघ प्रतिवद्ध रहेको समेत स्पष्ट पारेको छ