दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहित २४ जना थप ३ दिन हिरासतमा

Yangle News
Yangle News
२०८२ बैशाख १० गते
दुर्गा प्रसाईं र रविन्द्र मिश्रसहित २४ जना थप ३ दिन हिरासतमा

राप्रपाका नेता रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २४ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरुमाथि राज्य विरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । तीनकुनेमा चैत १५ गते आयोजित पूर्वराजा समर्थकहरुको प्रदर्शन हिंसात्मक बनेको थियो ।

सोही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंसमेत २४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो मुद्दामा अनुसन्धानका लागि समातिएका राप्रपाका महामन्त्री धवल शमशेर जबरा क्यान्सरको उपचारका लागि हाजिर जमानीमा रिहा भएका छन् ।