किन घट्दै छ अमेरिकीहरुको औसत आयू ?

Yangle News
Yangle News
२०८० अशोज १४ गते
किन घट्दै छ अमेरिकीहरुको औसत आयू ?

 

अमेरिकामा पछिल्लो एक सय वर्षमा मानिसको आयू पहिलोपल्ट घटेको देखिएको छ । हाल अमेरिकीहरुको औसत आयू ७६ वर्ष छ । यसअघिसम्म उनीहरुको औसत आयू ७९ वर्ष थियो । सन् १९ सय को दशकमा अमेरिकाको उच्चस्तरीय चिकित्सा पद्धति र औषधीका कारण मानिसहरुको आयू लामो थियो । तर पछिल्लो समय यसमा गिरावट आएको पाइएको छ ।

अमेरिकामा सन् २०२० मा कोरोना महामारीलाई लिएर निकै राजनीतिकरण भए । यहाँसम्म कि त्यहाँका कतिपय नागरिकले कोरोनाविरुद्धको भ्याक्सिननै लगाउन मानेन् । जनसंख्याको अनुपातलाई हेर्ने हो भने सो समयमा अन्य विकशित मुलुकको तुलनामा अमेरिकामा धेरै मानिसको मृत्यु भयो । हालसम्म त्यहाँ १० लाख मानिसले कोभिडका कारण ज्यान गुमाए ।

यस्तै दोस्रोमा स्थानपिच्छे फरक किसीमको स्वास्थ्य सेवा पनि हो । सानफ्रान्सिस्कोका एक विद्यालका प्राध्यापक जेरेमी नेय भन्छन्, आर्थिक अवस्था, बासस्थान, शिक्षा र हिंसात्मक घटनाहरुले अमेरिकीहरुको औसत आयूमा प्रभाव पारेको छ । गरिबहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न बनाइएको कार्यक्रम ६० वर्ष पूरानो भइसको छ । पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा सोहि कार्यक्रमलाई विस्तार गरि सबैको पहुँच पुर्याउने किसीमको बनाए पनि १० अमेरिकी राज्यले सो विस्तारित कार्यक्रम लागू गर्न अस्वीकार गरे । जसले सो योजना लागू गरे ती स्थानमा अकालमा हुने मृत्युदर ५० प्रतिशतले घट्यो तर लागू नभएका राज्यका नागरिकको औसत आयूमा यसले प्रभाव पार्यो । अनुसन्धानहरुबाट गरिब इलाकामा बसोबास गर्ने तथा ल्याटिन अमेरिकी अर्थात काला जातीका अमेरिकीहरुको आयू कम पाइएको छ, भने गोराहरुको बढी छ ।

२०२१ मा ४८ हजार अमेरिकीको गोली लागेर मृत्यु

गोलाबारी र हतियार पनि अमेरिकीहरुको आयू घटाउने कारक मानिएको छ । सन् २०२१ मा ४८ हजार अमेरिकीको गोली लागेर मृत्यु भयो । पछिल्लो समय त्यहाँ गोली लागेर मृत्यु हुनेको संख्या ह्यात्तै बढेको छ ।

आपराधिक कृयाकलाप र जेल सजाय पनि आयू घट्नुको कारण बनेको छ । जेलमा रहेका कतिपयको समय अगावै मृत्यु हुने गरेको पाइएको जेरेमी बताउँछन् । पछिल्लो २० वर्ष अमेरिका इराक र अफगानिस्तान युद्ध त्यसअघिको २० वर्ष भियतनाम युद्धमा लामो समय सहभागी रह्यो । भियतनाम युद्धमा ५८ हजार अमेरिकी मारिएका थिए । जसको गहिरो असर अमेरिकी समाजमा पर्यो ।

अघिल्लो वर्ष लागूपदार्थको प्रयोग र ओभर डोजका कारण एक लाख आठ हजार मानिसको मृत्यु भएको त्यहाँको रोग नियन्त्रण केन्द्रले जनाएको छ । जुन २०२० को तुलनामा ५० प्रतिशतले बढी हो । र क्यान्सर र मुटु सम्बन्धी रोगका कारण पनि अमेरिकामा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । जसले औसत आयू घट्नुमा मुख्य भूमिका खेलेको छ ।