काम गर्ने वातावारण नभएको भन्दै विमानस्थल भन्सार कार्यालयका कर्मचारीले मागे सामूहिक सरुवा

Yangle News
Yangle News
२०८० भदौ १३ गते
काम गर्ने वातावारण नभएको भन्दै विमानस्थल भन्सार कार्यालयका कर्मचारीले मागे सामूहिक सरुवा

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गर्दै सामूहिक रुपमा भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका छन् । विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले हिजो सामहिक रुपमा पत्र पठाएका हुन् ।

६० किलो सुन भन्सार छलेर जाँचपास भएको घटनापछि विभिन्न निकायबाट गरिएका अनुसन्धान र छानबिनको बहानामा आफूहरुलाई बिना कारण दुःख दिई मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा काम गर्न कठिनाइ भएको उनीहरुको भनाइ छ ।

‘सो घटनामा दोषी जो कोहीलाई कानून बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ विभागका महानिर्देशकलाई लेखिएको पत्रमा भनिएको छ ।

 

267 views