झण्डै १८ अर्बको अवैध कारोबार गरेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेको पाइएको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो तथा धनुषाका निरोजकुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो र पर्साका प्रदीपकुमार साह छन् ।
यस्तै नवलपरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, सप्तरीका रामविलास साह तेली, ममता कुमारी, पर्साका विकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमार साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता छन् ।
ब्यूरोका अनुसार कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने र नगद नै रकम खातामा प्लेसमेन्ट गरी विदेशमा भएका नेपालीको रकम विप्रेशणका रुपमा नेपालमै रहेका आफन्तहरुलाई भुक्तानी गर्ने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
ब्युरोको विज्ञप्ति :