प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन् । प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन् ।
छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने बताइएको छ । छलफलका लागि आयोगमा दर्ता भएका दललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा सक्रिय भएको सरकारले पछिल्ला दिनमा दलसँगको छलफललाई समेत निरन्तरता दिँदै आएको छ ।
यसअघि नागरिक समाजका अगुवा, कुटनीतिक नियोगका प्रतिनिधि लगायतका विभिन्न पक्षसँग प्रधानमन्त्री कार्कीले छलफल गरिसकेकी छन् ।