काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारमा आएको सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतरुपमा हेरेको बताएका छन्।
प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सेयर बजारमा आएको पछिल्लो सुधारलाई आफूले नयाँ सरकारलाई जनताले गरेको भरोसाको संकेतरुपमा हेरेको छु ।’ उनले पुँजी बजार सुधार पनि सरकारको प्राथमिकतामा परेको बताए । समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार्ने कार्य सरकारको प्राथमिकतामा परेको बताएका छन् ।