भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
भुनाटी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारण नेपालीबाट रकम असुल गर्ने संगठित गिरोहका सदस्यहरुको बयानका आधारमा खाँणलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपितहरूको बयानका आधारमा अनुसन्धानका लागि उनी तानिएका हुन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई आज बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरि प्रहरी परिसर टेकु लगिएको छ ।
गृहमन्त्री हुँदा खाँणले रुचाएका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना प्रमाणसहित भुटानी शरणार्थी सम्बन्धी अपराधमा पक्राउ परिसकेका छन् ।
प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।