एलेक्सिया पुटेलास बनिन् २०२२ उत्कृष्ट महिला फुटबलर

गणेश पौडेल
२०७९ अशोज ३१ गते
एलेक्सिया पुटेलास बनिन् २०२२ उत्कृष्ट महिला फुटबलर

बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले २०२२ को सर्वोत्कृष्ट महिला फुटबलरलाई प्रदान गरिने महिला बालोन डी’ओर अवार्ड कायमै राखेकी छिन् ।

गत वर्ष पनि अवार्ड जितेकी २८ वर्षीय मिडफिल्डर पुटेलास समरमा एन्टरियर क्रुसिएट लिगामेन्टमा चोटका कारले युरो २०२२ पनि गुमाउनु परेको थिए।

चोट लाग्नु अघि, पुटेलास गत सिजन बार्साका लागि १० खेलमा ११ गोल ​​गरी च्याम्पियन्स लिगको शीर्ष स्कोरर थिइन्।

महिला बालोन डी’ओरका लागी आर्सनलकी स्ट्राइकर बेथ मीड दोस्रो र चेल्सीकी साम केर तेस्रो स्थानमा रहे ।