भैरहवा –क्वालालाम्पुर हवाई भाडा ११ हजार ४६१ रुपैयाँ

Yangle News
Yangle News
२०८० जेष्ठ ११ गते
भैरहवा –क्वालालाम्पुर हवाई भाडा ११ हजार ४६१ रुपैयाँ

 

नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुमा १२ हजार ७ सय रुपैयाँ तोकेको सो रुटको भाडा अहिले ११ हजार ४ सय ६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ ।

काठमाडौंबाट मलेसियाको राजधानी क्वालालाम्पुर जाने ए ३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ ।

यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ । यस रुटमा २९ जेठबाट निगमले सातामा एक उडानको तयारी गरेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा निगमले यस रुटमा उडान बढाउने भएको छ ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३ सय ४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७ सय २० रुपैयाँ थियो । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।

 

299 views