काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारहरु आफन्तको खोजीमा शिक्षण अस्पताल पुगेका छन् ।
आफ्ना आफन्तको खोजीका लागि तस्वीर लिएर आफन्तहरु काठमाडौंको शिक्षण अस्पताल पुगेका हुन् । आफन्तजनको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगेका उनीहरुलाई नेपाल प्रहरीले डेक्स स्थापना गरि सहजीकरण गरिरहेको छ ।
परिवारजनले बिभिन्न अस्पताल तथा विमानस्थल लगायतका स्थानमा खोजी गरे पनि हालसम्म पत्तो नलागेको भन्दै खोजी गर्न आग्रह गरेका छन् ।
अस्पताल, विमानस्थल, राहत शिविर लगायत कतै पनि आफ्ना मान्छे फेला नपरेकाले राज्य, सुरक्षा निकाय तथा सञ्चारमाध्यमलाई खोजी तथा उद्धार कार्य तीव्र पारिदिन आफन्तजनहरूले आग्रह गरेका छन् ।
रसुवाको भोटेकोशी बाढीपछि हालसम्म ५ सय बढिको शव फेला परेको छ भने ९ सय ७७ जना सम्पर्कबिहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।