रसुवा बाढी : खोज तथा उद्धारमा १ हजार ९५० सुरक्षाकर्मी परिचालन

Yangle News
Yangle News
२०८२ असार २९ गते
रसुवा बाढी : खोज तथा उद्धारमा १ हजार ९५० सुरक्षाकर्मी परिचालन

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ११ जना मृत भेटिएका छन् ।

आइतबारसम्म ११ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार, अझै १७ जना बेपत्ता छन् । खोज तथा उद्धारका लागि एक हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भट्टका अनुसार, बाढीले २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारी बगाएको छ । बाढीले दुईवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । एउटामा आंशिक क्षति पुगेको छ ।

यस्तै, स्याफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक धेरै ठाउँमा क्षति भएको छ । त्यस सडकखण्डमा ठाउँ-ठाउँमा गरेर एक हजार २ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको छ ।

बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा-चीनको आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।