रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ को निधन भएको पुष्टि

Yangle News
Yangle News
२०८३ भदौ १९ गते
रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ को निधन भएको पुष्टि

काठमाडौं । रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव प्राप्त भएको जनाएको हो । बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

उहाँले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको जानकारी दिनुभयो । बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन रहेको उहाले बताउनुभयो । त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिनुभयो ।

Yangle News

त्यस्तै १,८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७,६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ । बाढीका कारण ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको समेत प्राधिकरणले जनाएको छ ।