अमेरिका विश्वकपको नकआउट चरणमा

Yangle News
Yangle News
२०७९ मंसिर १४ गते
अमेरिका विश्वकपको नकआउट चरणमा

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

अल थुमामा रंगशालामा मंगलबार इरानलाई १-० ले हराउँदै अमेरिका समूह उपविजेता बन्न सफल भयो ।

मंगलबार राति भएको खेलमा क्रिस्टियन पुलिसिचको निर्णायक गोलमा अमेरिकाले इरानलाई १–० को नतिजामा पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान बनायो।

 ३८ औं मिनेटमा पुलिसिचले गरेको एक मात्र गोल निर्णायक बन्यो। पहिला खेलमा वेल्ससँग १–१ र दोस्रो खेलमा इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेको अमेरिका पाँच अंकसहित नकआउटमा पुगेको हो। क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले समूह ‘ए’को विजेता नेदरल्यान्ड्ससँग खेल्ने छ।

308 views