राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । पटक-पटक दिइएको निर्देशनको पालना नगरेको भन्दै खेलकुद नियमावली र खेलकुद ऐनको आधारमा रहेर राखेपले एन्फालाई निलम्बन गरेको हो ।
राष्ट्रिय खेलकुद ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को विधानलाई टेकेर एन्फा नेतृत्वमाथि राखेपले निलम्बन गरेको हो । बारम्बार दिएको निर्वाचनसम्बन्धी निर्देशनलाई अटेर गर्दै निर्वाचन गर्न एन्फा लागेको भन्दै निलम्बन गरेको राखेपाले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ र राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृत संघको विधानलाई समेत मनोगत ढंगबाट व्याख्या गरी पेश भएको भन्दै राखेपले एन्फालाई निलम्बन गरेको उल्लेख गरेको छ ।
राखेपले बारम्बार आफू आबद्ध रहेको अन्तर्राष्ट्रिय संस्थाबाट भएको निर्देशन पालना गर्नुपर्ने विषयलाई बाध्यात्मक र अनिवार्यता देखाएर राष्ट्रिय कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्ने मनसाय एन्फाको देखिएका कारण एन्फालाई निलम्बन गरिएको पनि पत्रमा उल्लेख छ । त्यस्तै राखेपले आफूले मागे बमोजिमको चित्त बुझ्दो जवाफ प्राप्त नभएको पनि पत्रमा जनाएको छ ।
एन्फाबाट पठाएको लिखित जवाफ उचित कारण सहितको चित्त बुझ्दो नरहेको साथै राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम १० को उपनियम १ को खण्ड ६(१) अनुसारको कार्यसमेत भएको गरेको नदेखिएको हुँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा (२) बमोजिम एन्फालाई ३ महिनासम्मका लागि निलम्बित गर्ने कार्यकारी समितिको निर्णय रहेको पत्रमा उल्लेख गरिएको छ ।
पत्र :