नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जेन-प्रतिनिधिहरूको नाम मागेको छ । सम्भवत: आजै हुने वार्ताका लागि नेपाली सेनाले प्रतिनिधिहरूको नाम मागेको जेन-जी स्रोतले जनाएको छ ।
जेन-जी टोलीले विज्ञहरूलाई सहभागी गराउने गरी सूची तयार गरेका छन् । यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र जेन-जी प्रतिनिधिहरूबीत राष्ट्रपतिसँग हुने वार्ताको विषयमा छलफल गरेका थिए ।