नेपाली कांग्रेस संसदीय दलले संसद्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ । शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएको उनले बताए ।
संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन समेत सांसदलाई भनिएको लेखकले बताए । संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयलाई संसदमा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलता पूर्वक निर्वाह गर्न निर्देशन दिएको उनले बताए ।