राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् ।
आज बसेको दलको बैठकले पार्टी सभापति लामिछानेलाई दलको नेतामा चयन गरेको रास्वपाका एक सांसदले जानकारी दिए ।
उनका अनुसार दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेतामा अनुमोदन गरेको हो।
त्यस्तै अहिले ११ बजे बोलाएको केन्दीय समितिको संयुक्त बैठकले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ ।
गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।