कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

Yangle News
Yangle News
२०८२ कार्तिक २४ गते
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ । सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ ।

शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।