आज विश्व आदिवासी जनजाति दिवस

Yangle News
Yangle News
२०८१ साउन २५ गते
आज विश्व आदिवासी जनजाति दिवस

 

३० औँ विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा विभिन्न जातजातिको झाँकी तथा र्‍याली निकालिएको छ । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भएको झाँकी तथा र्‍यालीमा तामाङ, गुरुङ, मगर, नेवार, छन्त्याल, कुमाल, थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको झाँकी तथा र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, टुँडिखेल हुँदै प्रज्ञा भवनमा पुगेर समारोहमा परिणत भएको छ ।

र्‍यालीका क्रममा जनजाति समुदायका अगुवा तथा अभियन्ताहरुले विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने भन्दै विभिन्न प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।