एनपीएलको दोश्रो क्वालिफायरमा विराटनगर र लुम्बिनी भिड्दै

Yangle News
Yangle News
२०८२ मंसिर २५ गते
एनपीएलको दोश्रो क्वालिफायरमा विराटनगर र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् । दुई टीमबीचको खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अपराह्न ४ बजेदेखि शुरू हुनेछ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो ।

आज विजयी हुने टोली फाइनलमा पुग्ने छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।