रोकिएन नेप्सेको गिरावट, साताको पहिलो दिन परिसूचक २९ . ८१ अङ्कले झर्यो

Yangle News
Yangle News
२०८० भदौ १७ गते
रोकिएन नेप्सेको गिरावट, साताको पहिलो दिन परिसूचक २९ . ८१ अङ्कले झर्यो

 

शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । परिसूचक २९ दशमलव आठ एक  अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव सात आठ विन्दु सीमित भएको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव छ दुई विन्दुमा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट आएको हो । विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० रुपैयाँमा खरिदबिक्री भए । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । यस्तै आइएमइ लाइफ इन्स्योरेन्स , सिटी होटल , माछापुच्छ्रे  बैङ्क र एभरेष्ट बैङ्क शीर्ष पाँचभित्र परेका छन् ।

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

 

304 views