आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ

Yangle News
Yangle News
२०७९ माघ १९ गते
आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरकाे नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मूल्य अनुसार बरामद गरिएको सुनको मूल्य करिब ८ करोड ३२ लाख पर्न आउँछ ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।

339 views