सत्ता गठबन्धनको बैठक सुरु

Yangle News
Yangle News
२०७९ पुस ११ गते
सत्ता गठबन्धनको बैठक सुरु

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसेको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामछिने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरु सहभागी छन्।

Yangle News

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।