संखुवासभाको हेवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन ९ का सन्तोष राईको मृत्यु भएको छ । बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेँवा हाइड्रोपावरका १८ जना सम्पर्क बाहिर छन् ।
डिएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आईतबार बिहान सुपर हेँवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएका छन् ।
चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।