मन्त्रिपरिषद्का निर्णयहरु

Yangle News
Yangle News
२०८३ जेष्ठ २६ गते
मन्त्रिपरिषद्का निर्णयहरु

सरकारले  पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ । गुरुङको सम्पत्तिमा कैफियत नदेखिएको आसयकाे अध्ययन प्रतिवेदन आजकाे मन्त्रिपरिषद बैठकले ग्रहण गरेकाे हो । सम्पत्तिबारे प्रश्न उठेपछि उनले गत वैशाख ९ गते राजीनामा दिएका थिए । त्यसपछि अध्ययन समिति बनाइएको थियो ।

बैठकले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् । भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसैगरी तल्लो अरुण जलविद्युत् आयोजना, लोअर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ ।

मन्त्रिपरिषद बैठकले निजामती सेवा सोह्रौं संशोधन नियमावली २०८३ स्वीकृत समेत गरेको छ ।