गर्मीले बिरामी पर्न थाले बाँकेका बालबालिका, शुक्रवारसम्म विद्यालय बन्द

Yangle News
Yangle News
२०८० जेष्ठ २४ गते
गर्मीले बिरामी पर्न थाले बाँकेका बालबालिका, शुक्रवारसम्म विद्यालय बन्द

 

नेपालगञ्जमा अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेका छन्  । भेरी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपीडी’ मा दैनिक ५० भन्दाबढि बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताइन् । अस्पताल आएका मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् ।

बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको छ ।

गर्मीको समयमा हुने मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान चिकित्सकको सुझाव छ ।

मौसमी फ्लूबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने डाक्टर  हमालले बताइन । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाब दिइन् ।

खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बिरामी भई आउने गरेको अस्पतालले जनाएको छ । गर्मी बढेपछि २३ गतेसम्म बन्द गरिएका विद्यालयहरु शुक्रबारसम्मलाई बिदा दिइएको छ । मौसम विज्ञान विभाग नेपालगञ्ज बाँकेका अनुसार नेपालगञ्जको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ ।

290 views