भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त

Yangle News
Yangle News
२०८२ असार ३१ गते
भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । न्यौपाने अहिले राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तनहुँको भानु नगरपालिकामा मेयरको उमेदवार बनेकी थिइन् ।

उनी कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रियसभामा गण्डकी प्रदेशबाट २०७६ माघमा निर्वाचित भएकी थिइन् । त्यतिबेला स्थानीय तहमा पराजित उमेदवारलाई राष्ट्रियसभा सदस्य बनाएपछि आलोचनासमेत भएको थियो । राष्ट्रियसभामा उनको छ वर्षे कार्यकाल आउँदो फागुनमा सकिँदै छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :

Yangle News