किसानलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बस्यो : गगन थापा

Yangle News
Yangle News
२०७९ माघ १८ गते
किसानलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बस्यो : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले सरकारले किसानको समस्या सम्बोधन गर्न नखोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद् थापाले किसानहलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन् ।उनले बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्दा सम्म सरकार मौन बस्न खोजेको भनेर प्रश्न गरेको छन् ।

यस्तै, उनले सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताए । उनले भने, ‘सरकार दिन्न भन्दैन, सरकार झुलाउँछ । बैंकले उनीहरुलाई अठ्याउँछ ।

442 views