यी हुन् एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार, बाँकी क्षेत्रको टुंग्याउन अध्यक्षलाई अधिकार

Yangle News
Yangle News
२०८२ माघ ४ गते
यी हुन् एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार, बाँकी क्षेत्रको टुंग्याउन अध्यक्षलाई अधिकार

नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मंगलबार उम्मेदवारहरूको मनोनयन हुँदैछ ।

एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार बन्ने भएका छन् ।

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले गएको महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ । उपमहासचिव समेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुंग्याइएको छैन । त्यहाँ अध्यक्ष ओलीले नै उम्मेदवार टुंग्याउने सचिवालयले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

निर्वाचन क्षेत्र र जिल्ला कमिटीले गोकुल बास्कोटाको एकल नाम पठाएको काभ्रे-२ मा पनि उम्मेदवार टुंग्याइएको छैन । कैलाली-२ मा झपट रावलले पनि टिकट पाएनन् । उपमहासचिव योगेश भट्टराईले निर्णय सुनेर विचलित नहुन अनुरोध गरेका छन् ।

देशभरका एमाले उम्मेदवार सूची :

Yangle News Yangle News