कोसी प्रदेशमा लगानी सम्मेलन सुरु

Yangle News
Yangle News
२०८२ बैशाख १८ गते
कोसी प्रदेशमा लगानी सम्मेलन सुरु

कोसी प्रदेशमा लगानी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले आज विराटनगरमा सम्मेलन उद्घाटन गरेका हुन् ।

कोसी प्रदेशमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन दुई दिनसम्म चल्नेछ । उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपयुक्त वातावरण बने लगानी गर्न आउने भन्ने निजी क्षेत्र र लगानीकर्ताले इच्छा देखाएपछि सम्मेलन आयोजना गरिएको बताए । उनले आठ क्षेत्रका ७१ परियोजना सम्मेलनमा प्रस्तुत गर्ने जानकारी गराए ।

समृद्ध कोसी बनाउन प्रदेश सरकार योजनागत रूपमा अघि बढेको उनले बताए । प्रदेश सरकारले प्रस्तुत गरेका योजना एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँका छन् । सम्मेलनका क्रममा दुई दर्जनभन्दा धेरै परियोजनामा सम्झौता (एमओयू) हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले बताए ।

लगानी सम्मेलनलाई मध्यनजगर गर्दै कोसी सरकारले मंगलबार (वैशाख १६) विभिन्न आठ ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरी राजपत्रमा प्रकाशन गरिसकेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।