नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनीयताको शपथ

Yangle News
Yangle News
२०८३ जेष्ठ ५ गते
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मात्रै संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाएका हुन् ।

संवैधानिक परिषद्‍द्वारा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकिएसँगै नाम सर्वसम्मत अनुमोदन भएको थियो । उनले बुधबारदेखि दैनिक इजलास र पेशी तोक्नेछन् ।

शर्मा मंगलबार संसदीय सुनुवाइ समितिमा उपस्थित भएर आफूविरुद्ध परेका १६ उजुरीको जवाफ दिएका थिए । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो । समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको थियो । शर्माले सबै प्रश्नको जवाफ दिएका थिए ।