मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोला पुल नजिकको पहिरो करिब पन्छाइसकिएको छ ।
विभिन्न ६ वटा मेशिनले एकसाथ यो पहिरो पन्छाइरहेका छन् । अहिले पहिरोस्थलमा बत्तीकोसमेत व्यवस्था गरेर लगातार पहिरो पन्छाइँदैछ । पहिरो रातिसम्म पन्छाइसकेर गाडी नारायणगढ र मुग्लिन दुवैतर्फबाट गाडी खुलाउने तयारी गरिएको सडक विभागले जनाएको छ ।
पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन सकेको थिएन । तर एक्साभेटर र लोडर अपरेटरले दिनरात एकसाथ काम गरेर पहिरो पन्छाइरहेका हुन् ।
पहिरो पन्छाइँदै (भिडियो)