पर्यटन क्षेत्रको विकासका लागि एकिकृत प्रयास आवश्यक : विज्ञ

Yangle News
Yangle News
२०७९ चैत्र २५ गते
पर्यटन क्षेत्रको विकासका लागि एकिकृत प्रयास आवश्यक : विज्ञ

देशको समग्र पर्यटन विकासका लागि सरकारी, निजी क्षेत्र र नागरिकस्तरबाट एकिकृत प्रयास आवश्यक भएको पर्यटन क्षेत्रका विज्ञले बताएका छन् । उनीहरुले बदलिंदो परिवेश र माग अनुसार पर्यटनका लागिं नयाँ सोंच आवश्यक रहेको समेत बताए ।

पर्यटन बोर्डले शुक्रवार काठमाडौँमा गरेको “राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका” विषयक अन्तरक्रियामा मुख्य सचिव शङ्करदास बैरागीले पर्यटनका लागि एकल प्रयास भन्दा पनि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधार गरि अन्य देशसँगको कनेक्टिङ फ्लाईट बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले बोर्डका कृयाकलाबारे प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिले पर्यटनमा नीतिगत सुधारको आवश्यक्ता रहको बताउँदै विस्तारै चलायमान बनिरहेको पर्यटन बजारलाई थप गतिशिल बनाउन प्रभावकारी योजना ल्याइनुपर्ने बताए ।

351 views