बिपुधापमा खानेपानीका लागि पाइप वितरण

Yangle News
Yangle News
२०८० भदौ २६ गते
बिपुधापमा खानेपानीका लागि पाइप वितरण

 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुको बिपुधाप टोलका स्थानीयलाई पाइप वितरण गरिएको छ । पानीको समस्या रहेको बिपुधाप टोलमा खानेपानीको व्यवस्थाका लागि गाउँपालिकाले पाइप वितरण गरेको हो ।

यस वर्षको वर्षातको समयमा बाढी र पहिरोले मुहान् तथा धारामा क्षति गरेपछि बिपुधापमा खानेपानीको समस्या रहँदैआएको थियो । करिव दुई दर्जन परिवारको बसोबास रहेको सो टोलमा तत्कालका लागि खानेपानी समस्या समाधान गर्न पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । करिव तीन हजार मिटर खानेपानीको पाइप वितरण गरिएको छ । गाउँपालिकाले पाइप उपलब्ध गराएपछि खानेपानीको समस्या समाधान हुनेमा बिपुधापवासी विश्वस्त छन् । गएको असार र साउन महिनामा वर्षासँगै विभिन्न समयमा गएको बाढीपहिरोले खानेपानीमा क्षति गरेका कारण स्थानीयले पानीको समस्या खेप्दै आएका छन् ।

258 views