विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको हो ।
एन्फालाई दिँदै आएको आर्थिक सहयोग फिफाले आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गरेको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देज हटाएको एन्फाको विज्ञप्तिमा उल्लेख छ ।
चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी)को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले उल्लेख गरेको छ । योसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ ।
विज्ञप्ति :