आगामी तीन दिन देशका पश्चिमी तराइ तथा केहि पहाडी क्षेत्रका नदीनालामा पानीको बहाव बढ्ने सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीका नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।