नेपाल-भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधिन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ ।
देशको विद्युत प्रणाली सुदृढीकरण गरी वश्विसनीय बनाउन र धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका -४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन मङ्गलबार सञ्चालनमा ल्याइएको हो ।
ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर चार्ज गरेपछि प्रसारण लाइन सञ्चालनमा आएको हो ।
ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभर पहिलोपल्ट ४०० केभी विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर-मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत आयात-निर्यात हुँदै आएको थियो ।
अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु भएको छ । यसले विशेष गरी कोशी प्रदेशका तराईका जिल्लाहरुमा विद्युत आपूर्तिमा भोल्टेज सुधार गर्न र देशको प्रसारण प्रणालीलाई गुणस्तर बनाउन मदत मिल्ने नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
यो प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्दछ ।