एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ बन्देज फुकुवा

Yangle News
Yangle News
२०८२ असार २८ गते
एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ बन्देज फुकुवा

विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको हो ।

एन्फालाई दिँदै आएको आर्थिक सहयोग फिफाले आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गरेको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देज हटाएको एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी)को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले उल्लेख गरेको छ । योसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ ।

विज्ञप्ति :

Yangle News

Yangle News