इजरायली दूतावासका दुई कर्मचारीको हत्या

Yangle News
Yangle News
२०८२ जेष्ठ ८ गते
इजरायली दूतावासका दुई कर्मचारीको हत्या

अमेरिकारको वासिङ्टन डीसीस्थित यहूदी संग्रहालयबाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ ।

हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन् । उनीहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।

गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो । घटनाको समयमा संग्रहालयमा इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए । संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई ‘यहूदी विरोधी आतंकवादको घृणित कार्य’ भनेर वर्णन गरेका छन् ।

घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । मुख्य सडकहरू बन्द गरिएका छन् । इजरायली दूतावासका प्रवक्ताले संग्रहालयको कार्यक्रममा भाग लिने क्रममा दुई कर्मचारीलाई नजिकैबाट गोली हानेर हत्या गरिएको पुष्टि गरे ।