मन्त्रिपरिषद हेरफेर : उर्जाराज्यमन्त्री तामाङ बर्खास्त, शिक्षामन्त्रीमा पन्त नियुक्त

Yangle News
Yangle News
२०८२ बैशाख १० गते
मन्त्रिपरिषद हेरफेर : उर्जाराज्यमन्त्री तामाङ बर्खास्त, शिक्षामन्त्रीमा पन्त नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

यसअघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षामन्त्री नियुक्त भएका हुन् । उनको शपथग्रहण भोलि बिहीबार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री तामाङलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले आजै बर्खास्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

विज्ञप्ति :

Yangle News