यी हुन् प्रतिनिधिसभाका उम्मेदवार (नामवली)

Yangle News
Yangle News
२०८२ माघ ७ गते
यी हुन् प्रतिनिधिसभाका उम्मेदवार (नामवली)

प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार, देशभर स्वतन्त्र र विभिन्न ६८ वटा राजनीतिक दलबाट ३ हजार ४ सय ८७ उमेदवार छन् ।

बुधबार (माघ ७) मनोनयन पत्र दर्ता गरेका उमेदवारउपर दाबीविरोध पेस गर्ने समय तोकिएको थियो । यस क्रममा ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गर्ने आयोगको कार्यक्रम छ । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामवली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामवली प्रकाशन तथा त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

नामवली :