राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

Yangle News
Yangle News
२०८२ मंसिर २६ गते
राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । म्याट रसले गत कात्तिकमा राजीनामा दिएपछि पुरुष टोली प्रशिक्षकविहीन छ ।

रस नहुँदा नेपालले एन्फाकै टेक्निकल डाइरेक्टर हरि खड्काको प्रशिक्षणमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेलेको थियो । तर, फिफा र एएफसीका प्रतियोगिता खेल्न अनिवार्य प्रो-लाइसेन्स प्रशिक्षक नै चाहिने भएपछि एन्फाले नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।

एन्फाले बिहीबार विज्ञप्ति निकाल्दै इच्छुक तथा योग्य उम्मेदवारलाई ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । प्रशिक्षक करारमा नियुक्त हुने प्रशिक्षकले प्रो-लाइसेन्स हासिल गरेको हुनुपर्नेछ ।

यस्तै, कुनै पनि राष्ट्रको पुरुष वा महिला राष्ट्रिय टिमका प्रशिक्षण सम्हालेको र कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने एन्फाले जनाएको छ ।

एन्फाको सूचना :

Yangle News