गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा पुगेका छन् । गृहमन्त्री भएपछि पहिलो पटक चितवन पुगेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्नेछन् ।
गृहमन्त्री लामिछाने आज दिउँसो ३:१५ बजे एक्स्पोको अवलोकन गर्नेछन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।