बेलायतको सत्तामा १४ वर्षपछि लेबर पार्टी !

Yangle News
Yangle News
२०८१ असार २१ गते
बेलायतको सत्तामा १४ वर्षपछि लेबर पार्टी !
लेबर पार्टीका नेता किएर स्टार्मर

 

बेलायतमा लेबर पार्टीले सत्ताको नेतृत्व गर्ने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी रहँदा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कन लागेको हो । पछिल्लो परिणामलाई हेर्दा लेबर पार्टीले बहुमत ल्याइसकेको छ ।

बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन् । सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ । अहिलेसम्म लेबर पार्टीले ३५८ सिट जितिसकेको छ ।

त्यस्तै प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने ७६ सिटमा मात्र विजयी भएको छ । त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ४८ सिटमा विजयी भएको छ । मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो ।

मत परिणामको औपचिक घोषणापछि लेबर पार्टीका नेता किएर स्टार्मर बेलायतको भावी प्रधानमन्त्री बन्नेछन् ।