७५३ वटै पालिकालाई एकीकृत समाजवादीको ज्ञापनपत्र

Yangle News
Yangle News
२०८२ बैशाख २३ गते
७५३ वटै पालिकालाई एकीकृत समाजवादीको ज्ञापनपत्र

नेकपा एकीकृत समाजवादीले देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ ।

पार्टी केन्द्रको निर्णयअनुसार सोमबार देशभरका पालिकामा पार्टीको पालिका कमिटीले ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत समाजवादी प्रचार विभागका अनुसार स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने भन्दै सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर ज्ञापनपत्र​ बुझाएको हो ।

यसअघि वैशाख १७ गते पार्टीको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो । यस्तै वैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले पनि ज्ञापनपत्र बुझाएका थिए ।

79 views